कोष स्थापना गर्न कार्कीद्धारा १० हजार सहयोग



२२ माघ, रामेछाप ।
रामेछाप जिल्लामा पत्रकारिता क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले प्रेस चौतारी शाखा रामेछापले स्थापना गरिएको सक्रिय पत्रकार पुरस्कार कोषको लागि नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले दस हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा रामेछापले आयोजना गरेको कार्यक्रममा े कार्र्यक्रममा कार्कीले सो रकम प्रदान गरेका हुन् ।

 

कार्यक्रममा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले परिवर्तित संरचनासँगै जिल्लाको विकास निर्माणको सबालमा पत्रकारहरुको भूमिका झन बढेको बताए । उनले अबको पत्रकारिता विकाससँग जोडेर गर्नुपर्नेमा पनि जोड दिए ।

 

प्रचार विभाग प्रमुख कार्कीले जिल्लामा पत्रकारिताको थप विकास गर्ने उदेश्यले चौतारीले स्थापना गरेको कोषमा आफूले दस हजार रुपैयाँ सहयोग गरेको रामेछाप न्युजलाई बताए । उनले भने,‘पत्रकारिता क्षेत्रमा क्रियाशिल भएकाहरुलाई प्रोत्साहन गर्न आवश्यक छ, अबको पत्रकारिता विकासलाई पहिलो प्राथमिकता बनाएर अगाडि बढाउनु पर्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्