चुनावमा कांग्रेससँग तालमेल गर्नु गल्ती भोः थापा



२३ माघ, रामेछाप ।
राप्रपाका अध्यक्ष कमल थापाले निवर्माचनमा कांग्रेससँग चुनावी तालमेल गर्नु गल्ती भएको बताएका छन् । उनले काँग्रेससँग चुनावी तालमेल गरेर प्रत्यक्ष तर्फ सबै निर्वाचन क्षेत्रमा आप्mना उम्मेदवार नउठाउनु पार्टीको गम्भिर त्रुटी भएको बताएका छन् ।

रामेछापको सदरमुकाम मन्थलीमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ९४ प्रतिशत सनातन हिन्दुधर्मालम्बिहरु भएको नेपालमा राप्रपाले उठाएको हिन्दुत्वको नाराले कहिल्यै नहार्ने बताए ।
कार्यक्रममा रामेछापबाट राप्रपाको प्रदेशसभा सदस्य भएकी सांसद रिता माझीले पनि हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा आफूले सदनमा आवाज उठाई रहने बताइन् ।

प्रतिक्रिया दिनुहोस्