रामेछापमा नेपाल टेलिकमका डेढ लाख ग्राहक, असी प्रतिशत क्षेत्रमा टेलिकमको पहुँच



२५ माघ, रामेछाप ।
रामेछाप जिल्लाको असी प्रतिशत क्षेत्रमा नेपाल टेलिकमको पहुँच पुगेको छ । नेपाल टेलिकम रामेछापका अनुसार रामेछापले आठ वटै स्थानीय तहको अधिकाशं स्थानमा पहुँच पुगेको बताएको छ ।

नेपाल टेलिकम रामेछापका प्रमुख विष्णु भण्डारीले रामेछापमा करिब १ लाख पचास हजार मानिसहरुले नेपाल टेलिकमको सेवा प्रयोग गर्ने गरेको रामेछाप न्युजलाई बताए ।

उनले भने,‘हामी जिल्लाको आठ वटै स्थानमा प्रभावकारी सेवा प्रवाह गर्ने कार्यमा लागेका छौ, टावरको क्षमता वृद्धि, नयाँ टावरको स्थापना र इन्टरनेटको लागि वाइम्यास मार्फत सेवा दिने कार्यमा जुटेका छौ ।’ प्रमुख भण्डारीका अनुसार अहिले जिल्लाभर १९ वटा टावर मार्फत सेवा प्रवाह भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्