दोरम्बा गाउँपालिकाले बनायो ६ बुँदे आचारसंहित



२५ माघ, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिकाले आफ्ना जनप्रतिनिधिहरुको लागि आचारसंहिता बनाएको छ । गाउँपालिकाभित्र हुने विकास निर्माणको काममा भ्रष्टाचार नियन्त्रण गर्न र जनप्रतिनिधिहरुले प्रदान गरिने सेवा सुविधा जनतालाई सहज रुपमा प्रदान गर्नको लागि आचारसंहिता बनाएर लागू गरेको हो ।

गाउँपालिकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुको लागि ६ बुँदे आचारसंहिता लागू गरेको छ । गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले जनप्रनिधिहरु पारदर्शि बन्न र जनताप्रति उत्तरदायि बनाउने उदेश्यले आचारसंहिता लागू गरेको बताए ।

उनले रामेछाप न्युजसँग भने,यो आचारसंहिता लागू गरेपछि गाउँपालिकाका प्रत्येक नागरिकहरुले परिवर्तनको प्रत्याभूति गर्ने छन् ।’ यो आचारसंहिताले जनताको अगाडि सच्चा जनप्रतिनिधिको रुपमा उभ्याउन काम गर्छ भन्ने विश्वासको साथ आचारसंहिता लागू गरेका छौ, अध्यक्ष मोक्तानले भने ।

आचारसंहिता देखाउनको लागि मात्र नभई जीवन व्यवहारमा नै लागू गर्ने उदेश्यको साथ काम गर्ने बताउदै उनले छ महिनाभित्र आचारसंहिता अनुसार काम गरेर देखाउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्