प्रजातन्त्र दिवस मनाएर देउवा सरकार विदा हुने



२५ माघ, काठमाडौं ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रजातन्त्र दिवस मनाएर विदा हुने भएको छ । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै अब प्रतिनिधिसभा तर्फको समानुपातिकको मत परिणाम सार्वजनिक भएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढने भएकाले देउवा नेतृत्वको सरकारले फागुन सात गतेपछि राजिनामा दिने भएको हो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको बताएका छन् । उनले आगामी फागुन ७ गते प्रजातन्त्र दिवस मनाएर आफूहरु बिदा हुने जानकारी दिँदै वर्तमान सरकारले राष्ट्रियसभाको गरिमा धान्न सक्ने तीन जना पनि सिफारिश गर्ने बताए ।
राजधानमा आयोजित एक कार्यक्रममा एमालेका एमालेका नेता राजेन्द्रप्रसाद पाण्डेले एमाले र माओवादी केन्द्रबीच अब छिट्टै एकता हुने विश्वास व्यक्त गर्दै सरकार अबको दुई साताभित्रै बनिसक्ने बताए । माओवादी केन्द्रका नेता रामनारायण बिंडारीले अबका प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत वाम पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुने बताउँदै सरकार गठन भएपछि प्रक्रिया मिलाएर केही दिनभित्र पार्टी एकता दावी गरे ।

प्रतिक्रिया दिनुहोस्