प्रदेश नम्बर तीनको संसदीय दलको नेतामा जमरकट्टेल,उपसभामुख तामाङ



२५ माघ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले प्रदेश नं ३ संसदीय दलका नेतामा शालिकराम जमरकट्टेललाई चयन गरेको छ । माओवादीले दलको उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा वसन्त माझी सचेतकमा प्रतिमा श्रेष्ठ चयन गरेको छ ।


प्रदेश नं ३ का उपसभामुखमा राधिका तामाङलाई उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलका नेता जमरकट्टेलले बताए ।

प्रतिक्रिया दिनुहोस्