प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल !



२६ माघ, काठमाडौं ।
प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा एमालेका डोरमणि पौडेल हुने पक्का भएको छ । एमालेलेभित्र सहमति जुटन नसकेपछि आज भएको संसदीय दलको नेता छनोटको निर्वाचनमा पौडेल निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका अष्टलक्ष्मी शाक्य पराजित भएकी छिन् ।


एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएसँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
दलको नेता चुन्न एमालेले शुक्रबार गरेको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए ।दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्