मन्थलीमा तास खेल्ने ६ जुवाडे प्रहरीको खोरमा



२६ माघ, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ मन्थली बजारस्थित देवकोटा चोकको एक घरमा तास खेल्ने छ जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । प्रहरीले विशेष सुराकीको आधारमा चोक नजिकै रहेको एक घरको माथिल्लो तलामा तास खेल्ने छ जनालाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गर्दै हिरासतमा रहेको हो । तास खेल्ने स्थानबाट प्रहरीले ७१ हजार ६ सय रुपैयाँ नगद पनि बरामत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख राजेन्द्र थापा दोरम्बा गाउँपालिका–४ का एक वडा सदस्य सहित ६ जनालाई पक्राउ गरिएको रामेछाप न्युजलाई जानकारी दिए ।

उनले भने,‘विशेष सुराकीको आधारमा छापा पार्दा नगद सहित जुवाडे पक्राउ गरेर मुद्दा चलाइएको हो ।’ थापाका अनुसार जुवाडे ६ जनालाई जुवा ऐन २०२० अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको छ । नियम अनुसार पक्राउ परेका जुवाडेलाई तीन महिनादेखि ६ महिना जेल र दस रुपैयाँ जरिवाना हुन सक्छ ।

प्रहरीले पक्राउ परेकाहरुलाई २५ दिनसम्म म्याद थप्ने तयारी गरेको छ । छापा मार्दा प्रहरीले बरामत गरेको रकम भने राजश्वमा दाखिला हुनेछ । प्रहरीले शुक्रवार साँझ तास खेल्ने व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्