‘टेलिकमको टावरमा विटिएस, अब रामेछापको गाउँगाउँमा इन्टरनेट’



रामेछापको असी प्रतिशत क्षेत्रमा नेपाल टेलिकमले आफ्नो सेवा पुर्याएको बताएको छ । तर अहिले पनि कतिपय क्षेत्रमा टेलिफोन राम्रोसँग बुझिदैन् । अहिले हरेक मानिसहरु मोबाइलको प्रयोग गर्छन । अधिकाशं मानिसहरु इन्टरनेटको प्रयोग गर्छन । तर जिल्लामा इन्टरनेटको राम्रो पहुँच भने पुगेको छैन् । जिल्ला सदरमुकाम र बजार केन्द्रीत ठाउँमा इन्टरनेटको सुविधा भएपनि गाउँगाउँमा अझै पनि इन्टरनेटको सेवा उपलब्ध हुन सकेको छैन् ।

गाउँगाउँमा इन्टरनेटको पुहँच पुर्याउने उदेश्यले नेपाल टेलिकमल रामेछापले जिल्लामा रहेका आफ्नो टावरमा विटिएस जडान गरेर वाइम्याक्स मार्फत सेवा प्रदान गर्न सुरु गरेको छ । नेपाल टेलिकममा जडान गरिएको विटिएसले आसपासको पाँच किलोमिटर क्षेत्रमा वाइम्याक्स मार्फत सेवा लिन सकिन्छ ।

टेलिकम रामेछापले गाउँपालिकाको केन्द्र र बजार उन्मुख क्षेत्रमा लेनलाइन टेलिफोनको साथै एडिएसल सेवा पनि उपलब्ध गराउने तयारी अगाडि बढाएको छ । यसै विषयमा रामेछाप जिल्लामा टेलिकमको अवस्था, हाल देखिएको समस्या र आगामी योजनाको विषयमा केन्द्रीत रहेर नेपाल टेलिकम शाखा रामेछापका प्रमुख विष्णु भण्डारीसँग रामेछाप न्युजले गरेको कुराकानीः–

विष्णु भण्डारी,प्रमुख, नेपाल टेलिकम, रामेछाप

रामेछापको नेपाल टेलिकमले कसरी सेवा दिइरहेको छ ?
–रामेछाप जिल्लामा लेनलाइन टेलिफोन सेवा मन्थली बजार, रामेछाप, किर्णेटार र खिम्तीमा सेवा प्रवाह गरिरहेका छौं । हामीले एक हजार भन्दा बढी ग्राहकलाई लेनलाईन टेलिफोन सेवा दिएका छौं । लेनलाईन टेलिफोनसँगै एडिएसएल सेवा पनि प्रदान गरेका छौं ।
रामेछापमा टेलिकमको सेवा कति ग्राहकले प्रयोग गर्छन ?
–डेढ लाख मानिसहरुले रामेछापमा टेलिफोन सेवा प्रयोग गर्छन भन्ने अनुमान गरेको छ ।
दुई वटा नगरपालिकामा पहुँच भएपनि बाँकी छ वटा गाउँपालिमा टेलिकमको पहुँच कम छ भन्छन नि ?
–हामीले बजार क्षेत्रमा केन्द्रति लेनलाइन र एडिएसएल र बाँकी गाउँपालिको हकमा वाइम्याक्स सहितको सेवा सुरु गरेका छौं । चार वटा टावरमा विटिएस जडान मार्फत वाइम्याक्स मार्फत सेवा प्रवाह गरेका छौं । अब बाँकी चार स्थानमा विटिएस सञ्चालनमा आइसकेपछि रामेछाप जिल्लाको अधिकाशं भू–भागमा इन्टरनेटको पहुँच हुन्छ । सर्वसाधारणदेखि लिएर सबैले वाइम्याक्स सेवा मार्फत इन्टरनेटको सेवा प्रयोग गर्न सक्नुहुन्छ । गोकुलगंगाको बेताली, खाँडादेवी गाउँपालिकाको खाँडादेवी, दोरम्बा गाउँपालिकको दोरम्बा र रामेछाप नगरपालिकाको भालुखोपको टावरमा विटिएस जडान मार्फत वाइम्याक्स सञ्चालनमा आएको छ । वाइम्याक्स मोबालाइनको टाटा भन्दा सस्तो र प्रभावकारी हुन्छ । सरकारी कार्यालयहरुको लागि सहज रुपमा सेवा लिन सक्छन्
विटिएस मार्फत कतिले सुविधा लिन सक्छन ?
–पाँच किलोमिटर क्षेत्रसम्म सहज रुपमा सुविधा दिन्छ । एएटा विटिएस टावरमा जडान गर्नको लागि दस लाख रुपैयाँ खर्च हुन्छ ।
हाल जिल्लामा कति वडा टावर निर्माण भइरहेको छ ?
–आठ वटा नयाँ साइट निर्माणको चरणमा छ । सुनापतिको हिलेदेवी, दोरम्बा गाउँपालिकाको डडुवा, चुचुरेको शिवालय, भुजी, पुरानागाउँ,रामेछाप बजार,दोरम्बा र लखनपुरको टावरलाई अपग्रेड गर्ने काम भइरहेको छ ।
जिल्लामा टेलिकमको कति वटा टावर छन ?
–अहिले १९ वटा टावर सञ्चालनमा छन् । अब थप आठ वटा टावर निर्माणको चरणमा छ । यति टावरले सबै भू–भागमा कभरेज हुन्छ । हिमगंगामा नयाँ टावरको माग भएको छ । बेथान र बेतालीमा थप टावर निर्माण गर्नुपर्ने माग आएको छ ।
जिल्लामा अझै कति टावरको आवश्यकता छ ?
–अझ करिब थप दस वटाजति मोबाइल टावरको आवश्यकता छ । सुरुमा पहिलो हाम्रो क्षमता दुईजी थियो अहिले फोरजी भएको छ । जहाँ पुगेको छैन त्यहाँ टावर थप्दै जानुपर्छ ।
गाउँपालिकाहरुमा सहज रुपमा टेलिकमले इन्टरनेट नदिएको गुनासो छ नि ?
–पहिलो चरणमा वाइम्याक्सबाट सिडिएम फोनको सेवा उपलब्ध गराएका छौ । गाउँपालिकाको केन्द्र र बजार उन्नमुख क्षेत्रमा लेनलाईन र एडिएसएल सेवा पुर्याउने लक्ष्य रहेको छ ।


के तत्काल लेनलाइन सेवा विस्तार हुँदैछ ?
–पहिला नै प्लान भएको चुचुरे, बाम्ती, ठोसे, साँघुटारमा अहिले कार्यान्वयनमा जानुपर्ने हो । त्यहाँका जनताले लेनलाइन टेलिफोनको बारेमा धेरै चासो नदिएको हुनाले ती क्षेत्रमा टेलिफोन जडानको काम अगाडि बढेको छैन् । अब गाउँपालिकाको केन्द्रमा सेवा लैजानको लागि विचार गरिरहका छौ । नगरपालिकामा छदैछ । छ वटा गाउँपालिकाको केन्द्रमा लैजाने तयारीमा छौं । छ वटा केन्द्रमा लेनलाईन सेवा विस्तार गछौं । बजारको माग हेरेर त्यो अनुसारको क्षमता सहितको लेनलाइन सेवा विस्तार गछौं ।
रामेछाप जिल्लामा अप्टिकल फाइबर जडानको काम के हुँदैछ ?
– नेपाल टेलिकमले सबै जिल्ला सदरमुकाममा अप्टिकल फाइबर मार्फत सेवा सञ्चालन गर्ने योजना अन्तर्गत रामेछाप जिल्लामा फाइबर तान्ने काम निटक भविष्यमा हुँदैछ । खुर्कोटदेखि मन्थली, रामेछाप र भालुखोपसँग जोडिनेछ । त्यसैगरी मन्थलीदेखि दोलखाको चरिकोट लामोसाँघु हुँदै अरनिको हाइवेसम्म जोडिनेछ । मन्थली विपी हाइवे र अरनिको हाइवेसँग रिङ बन्नेछ । फाइबरको जडान भएको क्षेत्रमा मोबाइल, इन्टरनेट, वाइम्याक्स एडिएसएल लगायतका सुविधा निकै प्रभावकारी बन्छ । मैले सुने अनुसार यही चैत्रदेखि फाइबर तान्ने काम हुन्छ ।
मन्थलीमा नै गुणस्तरीय सेवा प्रवाह भएन भन्ने बेलाबखत गुनासो आउने गरेको छ नि ?
सात वटा प्रदेशको ७७ वटा जिल्लामा टेलिकमले जे सेवा प्रवाह गरेको छ । रामेछापमा पनि त्यही सेवा प्रवाह गरेको हो । कुनै जिल्लाको भन्दा कमजोर छैन् । प्राविधिक विषय भएको हुनाले कहिलेकाही विग्रने समस्या आउनु स्वभाविक हो । कहिल्य नविग्रने कहिले पसिमस्या आउदैन भन्ने कुरा हुँदैन । मन्थली कार्यालयले कहीकतै समस्या आउनसाथ समाधान गरेर सेवा प्रवाह गर्नको लागि एलट अवस्थामा छ ।
विदेशमा बस्नेहरुले घरमा फोन गर्दा नलाग्ने गुनासो गरेका छन यस बारेमा के भन्नुहुन्छ ?
–बेतालीमा समस्या छ भन्ने मैले पनि महशुस गरेका छु । लिसेखानीमा समस्या छ । तलका बस्ती बक्तमुनिको अध्याँरो भएका छन् । वेतालीलको दोलखाको उकाली डाँडाको टावरले सर्भिस दिन्छ । प्रभावकारी सेवा दिनको लागि बेतालीको आसपासको उपयुक्त स्थानमा थप मोबालाइलको टावर राख्नु पर्ने अवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्