रामेछापमा १४ सय किलोमिटर सडक बन्यो, आधा सडकमा अझै गाडी चल्दैनन



सुनिता तामाङ
२७ माघ, रामेछाप ।
रामेछाप जिल्लामा १ हजार ४ सय २७ किलोमिटर सडक निर्माण भएको छ । जिल्लाको आठ वटै स्थानीय तहको ६४ वडामा सडक पुगेपनि बर्षाको समयमा आधा भन्दा बढी सडकमा यातायात सञ्चालन हुन सक्ने अवस्था छैन् । शान्ति प्रक्रियासँगै गाउँघरमा सडक निर्माण गर्ने होड नै चल्यो । अधिकांश सडक उपभोक्ता समिति मार्पmत निर्माण पनि भए ।


सडक निमार्ण गर्दा प्राविधिक पक्षलाई कुनै ध्यान नै दिइएन । जसको कारण अहिले अहिले सडकको स्तरउन्नतीको लागि दोहोरो खर्च भइरहेको छ । स्थानीय तहले सडकलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । विकासको पूर्वाधारको मेरुदण्डको रुपमा रहेको सडकलाई हिउद बर्षा नै सहज रुपमा सञ्चालन गर्नको लागि स्थानीय जनप्रतिनिधिहरु योजना निर्माण गरेर कार्यान्वयनमा लागेका छन् ।
हचुवाकै शैलीमा निर्माण भएका सडकको कारण दुर्घटना समेत बढेको छ । अहिले गाउँगाउँमा मात्र होइन घरघरमा समेत सडक पु¥याउने होडवाजी चलेको छ । सडक निर्माण गर्दा गाउँको आवश्यक भन्दा पनि नेताका घरघरमा पुर्याउने प्रतिस्पर्धाको कारण सडक दिगो र सबैको पायक पर्न समेत सकेको छैन् ।

जिल्लामा यस्ता पनि सडक निर्माण भए जहाँ वस्तु हिडाउन समेत कठिनाई हुने अवस्था सृजना भइरहेको छ । उपभोक्ता समितिका अध्यक्ष गाउँका अगुवा र डोजर ड्राइभरको मिलोमतोमा प्राविधिक पक्षलाई पूरै वेवास्था गरेर निर्माण गरिएको सडक अहिले स्थानीय तहका जनप्रतिनिधिहरुलाई टाउको दुखाइको विषय बनेको छ ।

स्थानीय तहमा दुई दशक जनप्रतिनिधिहरु भएन । त्यस अवधिमा अधिकाशं बजेट सबै सडक निर्माणमा खर्च गरियो । तर परिणाम हेर्ने हो भने अहिले पनि प्राविधिको स्टमेट विना नै निर्माण गरिएको सडकको कारण दुर्घटनाको संख्या समेत बढेको छ ।
जिल्ला प्राविधिक कार्यालयका प्रमुख कृष्णलाल पियाले जिल्लाको सबै ठाउँमा सडक पुगे पनि सडकको अवस्था भने व्यापक रुपमा सुधार गर्नुपर्ने रामेछाप न्युजलाई बताए । उनले भने,‘जिल्लामा हालसम्म १४ सय २७ किलोमिटर सडक निर्माण भएको छ । तर कालोपत्रे भने ४४ किलोमिटर मात्र छ ।’ जिल्लामा हालसम्म देवीटारदेखि मन्थली हुँदै खुर्काेटसम्मको सडक कालोपत्रे भएको छ । यस बाहेक सदरमुकाम मन्थलीदेखि पुरानो सदरमुकाम रामेछाप बजारसम्मको सडक कालोपत्रे हुने क्रममा रहेको छ । निर्माण भएका सडकहरु पनि ठाउँठाउँमा भत्किने क्रम सुरु भइसकेको छ ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम खड्काले जिल्लामा निर्माण भएको सडकको स्तरउन्नतीको गर्न आवश्यक रहेको बताए । स्थानीय तहले पनि सडकको स्तरउन्ततीलाई केन्द्रमा राखेर हाल काम गरिरहेका बताउदै उनले अब सडक निर्माण भन्दा पनि भएका सडकलाई व्यवस्थित बनाउनेमा आफूहरुको ध्यान जाने बताए ।


सुनापति गाउँपालिकाका प्रवक्ता प्रेमसागर थापाले सडकको स्तरउन्तीलाई नै आफूहरुले पहिलो प्राथमिकतामा राखेर अहिले काम गरिरहेको बताए । उनले भने,‘सडकको स्तरउन्ती गर्न र नयाँ ट्रयाक ओपन गर्न झण्डै बराबरीकै खर्च लाग्ने देखिएको छ ।’ सडक निर्माण गर्दा बजेट सिध्याउने र छिटो खन्ने होडबाजीको कारण जिल्लाका अधिकाशं सडकको ग्रेडिङ मिलेको छैन् ।
खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङले विगतमा निर्माण भएको सडकमा सहज रुपमा यातायात सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले हाल स्तरउन्तीलाई नै पहिलो प्राथमिकतामा राखेको बताउछन् । उनले भने,‘सडक त निर्माण भएका छन तर ग्रेडिङ नै मिलेको छैन, बर्षाको समयमा झन गाह्रो छ ।’

गाउँपालिकाभित्र अब निर्माण भएका सडकलाई नै हिउद बर्षा सञ्चालन गर्ने गरी योजना बनाएर नै काम अगाडि बढाएको तामाङले बताए । जिल्ला प्राविधिक कार्यालय रामेछापको तथ्याङक अनुसार जिल्लामा १४ सय २७ किलोमिटर सडक निर्माण भएकोमा ४४ किलोमिटर कालोपत्रे र ३३ किलोमिटर मात्र ग्राबिल गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्