प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ निर्विरोध



२७ माघ, काठमाडौं ।
प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध  भएका हुन् । उनको प्रस्तावकमा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल र समर्थकमा एमालेका रामेश्वर फुयाल थिए । प्रदेशसभाको बैठकले सांसद श्रेष्ठ सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

एमालेकै माधवकुमार नेपाल समूहले सभामुखमा राजेन्द्रमान श्रेष्ठलाई अघि उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, नेपाल समूहले उम्मेदवारी दर्ता गराएन ।

एमाले पोलिटब्यूरो सदस्य हुन् र काठमाडौं २ को क बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । वाम गठबन्धनका तर्फबाट माओवादीकी राधिका तामाङ उम्मेदवार हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्