देशभरकै उत्कृष्ट कृषक बने रामेछापका भूपु सैनिक थापामगर



नारायण श्रेष्ठ
२८ माघ, रामेछाप ।
रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–२ दोरम्बा ढोइगाउँका भूतपूर्व सैनिक श्यामकुमार थापामगर देशभरकै उत्कृष्ट कृषि उद्यमी बनेका छन् । सेनाबाट अवकाश भएलगत्तै उनले आफ्नो गाउँघरमा आधुनिक ढंगले कृषि फर्म सञ्चालन गरेर उत्कृष्ट बन्न सफल भएका हुन् ।


नेपाली सेनाबाट अवकाश प्राप्त सैनिक तथा आश्रित परिवार एवं वाहलवाला सैनिको परिवारको जीवनस्तरको उत्थानको लागि नेपाली सेना कल्याणकाजी वोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंको सहकार्यमा सञ्चालित सहभागी कृषक मध्ये थापामगर सर्वोकृष्ट घोषित भएका छन् । जिल्ला दोरम्बा निवास थापामगरले सञ्चालन गरेको भिमेश्वर नर्सरी तथा फलफुल उत्पादन कृषि उद्यम व्यवसायबाट उत्कृष्ट भएका हुन् । सिन्धुलीमा जिल्लामा आयोजित एक कार्यक्रममामा उत्कृष्ट भएको थापामगरलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले प्रशसा पत्र प्रदान गरे । साथै प्रधानसेनापति क्षेत्रीले थापामगरे सञ्चालन गरेको सैनिक कल्याणकारी कोषका हिताधिकारहरुको लागि प्रेरणाको स्रोत भएको बताउदै बधाई दिएका थिए ।
थापाले करिब ८ बर्ष पहिला नब्बे रोपनी क्षेत्रफलमा सुरुवात गरेको आधुनिक कृषि खेती भूपु सैनिकहरुको लागि मात्र नभएर रामेछाप जिल्लावासीको लागि पनि प्रेरणाको स्रोत बनेको छ । परम्परागत रुपमा खेती गर्दा बषभरीलाई खान नै धौ धौ पर्ने पाखेराका जग्गा जमिनमा थापामगरले अहिले बार्षिक लाखौ आम्दानी गरेर उदाहरण पेश गरेका छन् ।

उत्कृष्ट भएका थापामगर भन्छन–पैसा कमाउन विदेश जानु पर्दैन, स्वदेशमा जता हेर्यो त्यतै पैसा नै पैसा छ ।’ कृषिमा थोरै लगानी गरेर पनि राम्रो आम्दानी गर्न सकिने बताउदै उनले इच्छा शक्ति र जाँगर हुने हो भने देशभित्र नै राम्रो आम्दानी गर्न सकिेन बताए ।


उनले आफ्नो फर्ममा किवी, जापनिक कटुस, आरु, दाँते ओखर, जापनिज हलुवादेव, एभोकाडो, म्याकाडोमेनोट, अल्मन, तास्पती, कागती, अलैची लगायतको खेती गरेका छन् । थापामगरले कृषि खेतीबाट बार्षिक दस लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

अहिले त धेरैजस्तो विरुवाहरु सानै छ ठूलो भएर उत्पादन दिन थालेपछि कम्तिमामा पनि बार्षिक वीस लाख रुपैयाँ आम्दानी हुने उनले विश्वास व्यक्त गरे । उनले यस बर्ष मात्र किबी र किबीको विरुवाबाट सात लाख रुपैयाँ आम्दानी गरेको बताए । उनले आफू मात्र होइन गाउँका अन्य व्यक्तिहरुलाई पनि आधुनिक कृषि प्रणाली मार्फत राम्रो आम्दानी हुने भएकाले कृषिको लागि तालिम समेत सञ्चालन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्