एमालेले टुंगो लगायो समानुपातिकबाट सांसद को–को परे ? (सूचीसहित) 



 

२८ माघ, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसद छनौट गरेको छ । पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको एमालेले जनाएको छ ।
आइतबकार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले तय गरेको ४१ जनाामा मुकुन्द न्यौपाने एक नम्बरमा छन् । अन्तिम ४१ औं नम्बरमा समिना हुसेनको नाम छ ।एमालेबाट पुरुषतर्फ चारजना परेका छन् भने ३७ जना महिला परेका छन् ।
समानुपातिकमा एमालेबाट यसअघि थरुहट पार्टीबाट सभासद बनेकी गंगा चौधरी सतगौंवा पनि परेकी छन् । त्यस्तै अनेरास्ववियुकी पूर्वअध्यक्ष रामकुमारी झाँक्री, वर्तमान अध्यक्ष नविना लामा पनि समानुपातिकबाट सांसद बन्न सफल भएका छन् ।

यी हुन एमालेबाट प्रतिनिधिसभाको सांसद बन्नेहरु

 १. मुकुन्द न्यौपाने (खसआर्य÷पुरुष)२. विजय सुब्बा (आदिवासी जनजाति÷पुरुष)३. मोहन बानियाँ (पिछडिएको क्षेत्र÷पुरुष)४. मोतीलाल दुगड (मधेसी÷पुरुष)५. थममाया थापा (आदिवासी जनजाति÷महिला)६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति÷महिला)७. सुजिता शाक्य (आदिवासी जनजाति÷महिला)८. रामकुमारी झाँक्री (आदिवासी जनजाति÷महिला)९. बिना श्रेष्ठ (आदिवासी जनजाति÷महिला)१०. कु. तुल्सी थापा (आदिवासी जनजाति÷महिला)११. नबिना लामा (आदिवासी जनजाति÷महिला)१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति÷महिला)१३. कुमारी मेचे (आदिवासी जनजाति÷महिला)१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति÷महिला)१५. राधा कुमारी ज्ञवाली (खसआर्य÷महिला)१६. बिन्दा पाण्डे (खसआर्य÷महिला)१७. गोमा देवकोटा (खसआर्य÷महिला)१८. कल्याणी कुमारी खड्का (खसआर्य÷महिला)१९. निरुदेवी पाल (खसआर्य÷महिला)२०. मनकुमारी जिसी (खसआर्य÷महिला)२१. मायादेवी न्यौपाने (खसआर्य÷महिला)२२. विष्णु शर्मा (खसआर्य÷महिला)२३. सरिता न्यौपाने (खसआर्य÷महिला)२४. मैना कुमारी भण्डारी (खसआर्य÷महिला)२५. तीर्था गौतम (खसआर्य÷महिला)२६. शान्ता चौधरी (थारु÷महिला)२७. लक्ष्मीकुमारी चौधरी (थारु÷महिला)२८. गंगा चौधरी (सत्गौवा) (थारु÷महिला)२९. निरादेवी जैरु (दलित÷महिला)३०. बिमला विश्वकर्मा (दलित÷महिला)३१. बिमला विक (दलित÷महिला)३२. पार्वतीकुमारी विसुंखे (दलित÷महिला)३३. सानु शिवा (दलित÷महिला)३४. आशाकुमारी विक (दलित÷महिला)३५. जुलीकुमारी महतो (मधेसी÷महिला)३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी÷महिला)३७. सरलाकुमारी यादव (मधेसी÷महिला)३८. रेखाकुमारी झा (मधेसी÷महिला)३९. सरिताकुमारी गिरी (मधेसी÷महिला)४०. कालिला खान (मुस्लिम÷महिला)४१. समिना हुसेन  (मुस्लिम÷महिला)

प्रतिक्रिया दिनुहोस्