सुनकोसीको सिन्धुलीटारमा रामेछाप–काभ्रे जोडने पक्की पुल बन्दै



२९ माघ,रामेछाप ।

रामेछाप–काभ्रे जोडने थप पुल निर्माण हुने भएको छ । सुनकोसीस्थित सुनापति गाउँपालिका–४ बेथानको सिन्धुलीटारमा पक्की पुल निर्माण हुने भएको हो । एक बर्ष अघिबाट डिजाइनको काम सुरु भएको पुलको अब निर्माण कार्य अगाडि बढने भएको छ ।

दुई सय मिटर लम्बाई रहेको पुल निर्माणका जिम्मेवारी शर्मा चुण्डी जेभीले पाएको छ । पुल निर्माणको साइट इन्चार्ज रामबहादुर खत्रीले डिजाइन र सर्भेको काम सबै सम्पन्न भएर पुल निर्माणको लागि साइटमा कार्यालय स्थापना भएको बताए ।

उनले भने,‘पुल निर्माणको लागि अब पन्ध्र महिना समय बाँकी छ, हामी धमाधम काम सम्पन्न गरेर छिटो भन्दा छिटो पुल सम्पन्न गरेर हस्तान्तरण गछौ ।’ पुलको चौडाई छ मिटर रहेको र दुवै तर्फबाट सवारी साधन आवतजावत गर्न सक्ने गरी डिजाइन गरिएको छ । पुल निर्माणको लागि सरकारले १६ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

पुल महाशाखाका मध्ये क्षेत्र सेक्टर नम्बर २ का योजना प्रमुख रामहरि पोखरेले सिन्धुलीटारको पुल सञ्चालनमा आएपछि रामेछापवासीलाई विपी हाइवे र मध्य पहाडी लोकमार्गसँग जाडने बताए । उनले भने,‘यो पुल निकै महत्वपूर्ण मानिएको छ विपी हाइवेबाट दस पाँच किलोमिटर नजिक छ ।’ पुल आरसिसि ढलान गरेर निर्माण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्