रामेछापबाट किन विदेशिए ३० हजार युवा ?



२९ माघ, रामेछाप ।
रामेछापबाट तीस हजार युवा वैदेशिक राजेगारीमा गएको तथ्याङक सार्वजनिक भएको छ । गाउँघरमा रोजगारीको अभाव र उद्योग धन्दा सञ्चालन नहुँदा तीस हजार युवाहरु वैदेशिक रोजगारीको शिलसिलामा बाहिरिएका छन् ।
सुरक्षित आप्रवासन (सामी) परियोजनाका जिल्ला संयोजक भोजराज सुुवारले आर्थिक बर्ष २०६७÷०६८ देखी चालु आर्थिक बर्षको कार्तिक सम्ममा रामेछापका ३० हजार १ सय ६७ जना युवायुवती वैदेशिक रोजगारीमा गएको बताए ।


सोमवार आयोजित एक कार्यक्रममा परियोजनाका संयोजक सुनुवारले जिल्लामा अघिल्ला अर्थिक बर्षमा भन्दा बैदेशिक रोजगारीमा जानेको संङख्या क्रमश घटदो क्रममा रहेको बताए ।
एनका अनुसार रामेछाप जिल्लावाट मलेसिया , साउदी अरब, कतार , ओमन, दुवाई लगायतका मूलकमा रोजगारीमा जाने गरेका छन् ।
श्रम वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार आर्थिक बर्ष ०७४/o७५ को प्रथम चौमासिक सम्म नेपालवाट बिदेश जानेको संङख्या ४८ लाख ८३ हजार ३ सय ८८ जना रहेका छन् । अवैध बाटोबाट विभिन्न मूलुकमा गरी झण्डै पचास लाख जनसंख्या वैदेशिक रोजगारीमा रहेको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्