रामेछापमा एनसेलको दुई वटा टावरमाथि विप्लव समुहको आक्रमण, सेवा अवरुद्ध



१ फागुन, रामेछाप ।
राज्यलाई कर नतिरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (विप्लप) समुहले रामेछापमा रहेको दुई वटा एनसेलको टावरमाथि आक्रमण गरेर क्षति पुर्याएका छन् । टावरमा क्षति पुगेको कारण रामेछापमा मंगलवार बिहानाबाट प्रवाह हुने सेवा अवरुद्ध भएको छ ।
नेकपाा क्रान्तिकारी जनपरिषद्का रामेछाप प्रमुख विकेक लामाले एनसेल कम्पनी नेपाली जनताबाट उठाएको रकम सरकारलाई तिर्नुपर्ने कर समेत नतिरी विदेश लाने प्रयास भएको कारवाही गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘संकेतको रुपमा दुई वटा टावरमाथि कारवाही गरिएको हो, अरु क्षेत्रमा पनि कारवाही हुन्छ ।’ सोमवार राती विप्लवका कार्यकर्ताहरुले रामेछाप नगरपालिकाको भालुखोप डाँडामा रहेको एनसेलको टावर दोरम्बा गाउँपालिका थापागाउँमा रहेको टावरमा क्षति पुर्याएका छन् ।

फाइल तस्बीर

रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामेछानेले एनसेटको टावर माथि आक्रमण गर्नेहरुको खोजी कार्य भइरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘कानुन हातमा लिने अधिकार कसैलाई पनि छैन, कानुन विपरीत काम गर्नेहरुलाई पक्राउ गरेर कारवाही हुन्छ ।’ उनका अनुसार टावरमाथि आक्रमण गर्नेहरुको प्रहरीले खोजी कार्य गरिरेको छ ।

प्रतिक्रिया दिनुहोस्