युवाहरुलाई स्वदेशमा रोजगारी दिन रामेछाप र सिन्धुलीका जनप्रतिनिधिहरु एकै ठाउँ



१ फागुन, सिन्धुली ।
दैनिक रुपमा स्वदेशमा रोगजारीको अभावमा हजारौ युवाहरु वैदेशिक रोजगारी जाने क्रम घटाउनको लागि रामेछाप र सिन्धुलीका स्थानीय तहका प्रमुख उपप्रमुख एकै ठाउँमा भेला भएका छन् ।

स्थानीयस्तरमा युवाहरुलाई कसरी रोजगारी दिन सकिन्छ भन्ने विषयमा छलफल गर्नको लागि रामेछाप र सिन्धुलीका स्थानीय तहका प्रमुख र उप्रमुख एकै ठाउँमा भेला भएका हुन् ।


रामेछाप र सिन्धुलीका स्थानीय जनप्रतिनिधिहरुले आफ्नो नगरपालिका र गाउँपालिकामा अनिवार्य रुपमा युवा लक्षित कार्यक्रम सञ्चालन गरेर युवालाईहरुलाई रोजगारीको अवसर सृजना गर्ने प्रतिबद्धता पनि जनाएका छन् । राष्ट्रिय युवा परिषद्ले सिन्धुलीमा सञ्चालन गरेको दुई दिने अभिमुखिकरण कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हु्न् ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगलले प्रत्येक नगरपालिका र गाउँपालिकामा युवा लक्षित कार्यक्रम अनिवार्य रहेको बताए । उनले भने,‘अब युवाहरुलाई गाउँघरमा नै रोजगारी सृजना गर्ने गरी काम गर्नुपर्छ, दैनिक हजारौको संख्यामा विदेशीने युवाहरुलाई नेपालमै रोक्न युवा उद्यमी कार्यक्रम सञ्चालन गर्नुको विकल्प छैन ।’

कार्यक्रममा रामेछाप र सिन्धुली जिल्लाका नगरपालिकाका प्रमुख, उप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्