रामेछाप जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा



२ फागुन, रामेछाप ।
रामेछाप जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । बुधबार रामेछापमा आयोजित कार्यक्रममा रामेछापका सांसद श्यामकुमार श्रेष्ठले जिल्लालाइ पूर्णखोपयुक्त जिल्ला घोषणा गरेका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्बर १ का सांसद शान्ति पौडेल, रामेछाप नगरपाकिलाकाका प्रमुख नरबहादुर थापामगर, मन्थली नगरपालिका प्रमुख रमेशकुमार वस्नेत लगायतले पूर्णखोपयुक्त बनाउन सहयोग गर्ने सबैलाई बधाई दिएका थिए ।


जिल्ला खोप समन्वय समिति रामेछाप र जिल्ला स्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको सो कार्यक्रममा खोपयुक्त जिल्ला बनाउनका लागि उल्लेख्य योगदान गर्नेलाई सम्मान समेत गरिएको थियो ।

गत असार महिनामा जिल्लाका साविक ५५ गाविसलाइ पूर्ण खोपयुक्त घोषणा गरिसकेको थियो । जिल्ला स्वास्थ्य प्रमुख डा. प्रकाशप्रसाद शाहले सन् २०१७ भित्र जिल्लालाइ पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने लक्ष्यलाई रामेछापले पूरा गरेको बताए ।

रामेछापका २ नगरपालिका र ६ गाउँपालिकामा जन्मे देखि १ वर्ष उमेर पुगेका ३ हजार २ सय ३४ जना बालबालिकाहरुलाई खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्