नेविसंघ रामेछापका पूर्व सभापति थापाको निधन



२ फागुन, काठमाडौं ।
प्राध्यापक संघका नेता ठाकुरराम बहुमुखी क्याम्पसमा उप प्राध्यापक एव नेविसंघ रामेछापका पुर्व सभापति तारा थापाको निधन भएको छ ।

हृदयघातको कारण उपचारको क्रममा बुधवार राती ८ बजे बयोधा अस्पतालमा निधन भएको नेविसघंका केन्द्रीय सदस्य रत्नहरि ढुंगेलले जानकारी दिए । रामेछाप हाल लिखु गाउँपालिका र साबिक दुरागाउँ गाविसमा जन्मिएका थापाले आधा दर्जन पुस्तक समेत लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्