हेटौडाबाट प्रदेश राजधानी सर्ने,अब भक्तपुर वा काभ्रे प्रदेशको राजधानी 



४ फागुन, भक्तपुर ।
प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नम्बर  ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले माग गरेका छन् । काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अबस्थालाई मल्याङकन नगरीक नै हेटाँैडलाई हचुवाको भरमा अस्थायी राजधानी तोकेकाले तत्काल भक्तपुर वा काभ्रे सार्नुपर्ने माग गरेका हुन् ।
शुक्रवार  रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी सांसदहरुले प्रदेश नं ३ को भूगोललाई समेत निहाल्दा हेटाँैडा राजधानीका लागी उपयुक्त नभएको प्रतिनिधिसभा काभ्रेका साँसद गोकुल बास्कोटाले बताए । उनले प्रदेश सांसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिए । सबैको पायकका लागी प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त भएको दाबी  गरे ।
हेटौडा कुनैपनि हालतमा राजधानी हुन नसक्ने भन्दै प्रतिनिधिसभा दोलखाका सांसद पाश्र्व गुरुङले पुर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने बताए । हेटाँैडामा अहिले स्थायी राजधानीका लागी खोलिएको बम्पर उपहार योजना लगत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उनले बताए ।
कामचलाउ सरकारको प्राविधिक टोलीले समेत भक्तपुर र बनेपा मध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरेता पनि सकारका केही मन्त्रीहरुको चलखेलले हेटौँडा लगिएको बताए । उनले प्रदशेसभामा यो बिषयले ऐजेन्डाका रुपमा उठान पाउन साथ ३ नं प्रदशको राजधानी भक्तपुर अथवा काभ्रे हुने  बताए । उनलेभक्तपुरको सानो थिमि सबैको पाएक पर्ने स्थान भएको उल्लेख गर्दै यदी प्राबिधिक टोलीले काभ्रे चयन गरेमा त्यस्कते बिरोध समेत नगर्ने बताए ।
कार्यक्रममा दुइ जिल्ला बाहेक सबैकालागि अपाएक स्थानका रुपमा ३ नं प्रदेशको अस्थायी राजधानी रहेता पनि अव प्रदेश नं ३ सांसदहरुले भक्तपुर अथवा काभ्रेमै राजनधानी सार्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्