रामेछापका भुकम्प पीडितलाई ९० प्रतिशत छुटमा घर बनाउने काठ



६ फागुन, रामेछाप ।
रामेछापका भुकम्प पीडितहरुले घर निर्माणको लागि न्युन मुल्यमा काठ पाएका छन् । सरकारले भुकम्प पीडितलाई सस्तो दरमा काठ उपलब्ध गराउने नीति अनुसार रामेछापका भुकम्प पीडितहरुले सस्तोमा काठ पाएका हुन् ।
जिल्ला वन कार्यालय रामेछापको पहलमा उदयपरबाट आपूर्ति गरिएको काठ रामेछापका भुकम्प पीडितलाई वितरण गरिएको छ । जिल्लाका करिब ४२ हजार भुकम्प पीडितलाई घर निर्माणको लागि दस हजार क्युफिट काठ आवश्यक पर्ने तथ्याङ निकालिएको जिल्ला वन कार्यालय रामेछापका अधिकृत रामविचारी ठाकुरेले रामेछाप न्युजलाई बताए ।


उनले भने,‘दस हजार क्युफिट काठ मध्ये पहिलो चरणमा तीन हजार क्युफिट काठ आपूर्ति गरिएकामा पच्चिस सय क्युफिट काठ वितरण गरिएको हो ।

काठको माग गर्दै परेको ५ सय ४० वटा निवेदकको अध्ययन गरी पहिलो चरणमा १ सय ११ जनालाई काठ वितरण गरिएको उनले जानकारी दिए । ढुवानी सहित परेको मुल्यको ९० प्रतिशत छुट दिएर दस प्रतिशत मात्र शुल्क लिइएको वन अधिकृत ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्