रामेछापको ३५ प्रतिशत क्षेत्रमा अबको दुई बर्षभित्र बिजुली



७ फागुन,रामेछाप ।
रामेछाप जिल्लामा अझै पनि ३५ प्रतिशत क्षेत्रमा विजुली बल्न सकेको छैन् । खिम्ती जनलविद्युत आयोजना सञ्चालनमा आएको बर्षौ वितिसक्दा समेत रामेछापको पैतिस प्रतिशत क्षेत्रमा बिजुली बल्नबाट बञ्चित हुनु परेको हो । रामेछाप नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गृह जिल्ला पनि हो । घिसिङले प्राधिकरणको नेतृत्व सम्हाले लगत्तै आफ्नो गृह जिल्लालाई अबको दुई बर्षभित्र झिलिमिली बनाउने योजना अगाडि सारेका छन् ।


रामेछापमा हालसम्म ५२ प्रतिक्षेत्रमा विद्युतीकरण भइसकेको छ भने १३ प्रतिशत क्षेत्रमा आशिंक रुपमा मात्र बिजुली बलेको जिल्ला प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले रामेछाप न्युजलाई बताए । उनले भने,‘रामेछापको सबै क्षेत्रमा विद्युतीकरण गर्नको लागि सर्भे र धमाधम टेन्डरको काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्