रामेछापमा सञ्चालित मुख्य सडक अब कालोपत्रे हुन्छः सांसद ढुंगेल



७ फागुन, रामेछाप ।
रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का सांसद कैलाश ढुंगेलले जिल्लामा सञ्चालित धुले सडक अब कालोपत्रे हुने बताएका छन् । उनले जिल्लामा सञ्चालित मुख्य सडकहरुलाई प्राथमिकताको आधारमा यसै बर्षबाट कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाइने बताएका हुन् । सांसद ढुंगेलले जिल्लालाई समृद्ध बनाउन हरेक गाउँपालिकामा प्राविधिक शिक्षालय, स्वास्थ्य क्षेत्रको स्तरउन्नतीमा आफूले भूमिका खेल्ने बताए ।

सांसद ढुगेलले भने,‘सित्खा गोगनपानी,गाल्वा, मन्थली, लभु सडकको स्तरउन्ती र यसै बर्षबाट कालोपत्रेको लागि प्रक्रिया अगाडि बढछ ।’ जिल्लाबाट दोरम्बा गाउँपालिका जोडने सडकलाई पनि प्राथमिकतामा राखेर सबै सडकलाई हिउद बर्षा नै सहज रुपमा यातायात चल्न सक्ने बनाउन योजना निर्माण भइरहेको उनले बताए ।
सोमवार रामेछापको खाडादेवी गाउँपालिका खुला दिसामुक्त गाउँपालिका घोषणा गर्दै उनले खाँडादेवी गाउँपालिकामा समस्याको रुपमा रहेको खानेपानीको असुविधालाई समाधान गर्न थप परियोजना ल्याउन पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ का का प्रदेश सांसद शान्ति प्रसाद पौडेल रामेछापको जिल्लाको विकास निर्माणमा आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, लिखु गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल, खानेपानी उपभोक्ता महासंघका अध्यक्ष लेख बहादुर कार्की खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर नबराज सत्याल लगायतको सहभागीता रहेको थियो ।
खाँडादेवी गाउँपालिकाको नौ वटै वडाका प्रत्यक घरहरुमा सौचालय बनेसंगै गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको हो । शौचालय बनाउन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछाप, सवल परियोजना, पहाडी समाज कल्याण केन्द्र दोरम्बा, सामुदायीक विकास समाज, सामुदायिक जनशक्ति विकास कार्यक्रम, सिर्जनशिल युवा समाज लगायतले सहयोग र सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्