एमाले र माओवादीबीच पार्टी एकता, भयो सातबुँदे सहमति



७ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र माक्र्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ । साथै जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको छ ।

दल दर्ताका लागि भोलि नै निर्वाचन आयोगमा जाने नेताहरुले बताएका छन् ।

दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको छ । तर, यो विषय सहमतिमा उल्लेख गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्