को–को बन्दैछन माओवादी केन्द्रबाट मन्त्री ?



८ फागुन, काठमाडौं ।
माओवादी केन्द्रले पार्टी एकताको निर्णयसँगै नयाँ सरकारमा मन्त्री पठाउने तयारी गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा पठाउने मन्त्रीहरुको बारेमा आन्तरिक गृहकार्य गरेका छन् । माओवादीले गृह सहित छ वटा मन्त्रालय पाउने भएको छ । माओवादीबाट रामबहादुर थापा वादलले उपप्रधानमन्त्रीको जिम्मेवारी सहित सरकारमा नेतृत्व गर्ने भएका छन् ।

माओवादीबाट सरकारको नेतृत्व रामबहादुर थापा बादलले गर्ने निश्चित देखिएको छ। माओवादीको संगठन विभाग प्रमुख समेत रहेका बादलले पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने इच्छा समेत देखाएका छन्।
माओवादी केन्द्रबाट महिलाको तर्फबाट पम्फा भुसाल र मधेसको तर्फबाट मातृका यादवको टुंगो लागिसकेको बताइएको छ । माओवादीबाट बर्षमान पुन, लेखराज भट्ट, चन्द्रप्रकाश खनाल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी मन्त्री बन्ने दौडधुपमा रहेका छन् । माओवादीबाट बर्षमान पुन गृहमन्त्री बन्ने सम्भावना बलियो रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्