रामेछापबाट सरुवा भए लगत्तै डीएसपी ढुंगेलको अर्को सफलता



९ फागुन, काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा गत साता सरुवा भएका रामेछापमा डिएससी कुमोद ढुंगेल अर्को सफता प्राप्त गरेका छन् । रामेछापमा रुपान्देहीमा सरुवा भएलगत्तै डिएसपी ढुंगेलले गुन्डा नाइके इन्काउन्टरमा पार्न सफल भएका छन् ।
सरुवा भए लगत्तै बुधबार बिहान ’मोस्ट वान्टेड’ गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी गोलीबाट ढल्नुमा उक्त सरुवाको सम्बन्ध देखिएको रहस्य खुलेको छ ।

हत्या र असुलीको आतंक मच्चाउदै आएका पुनलाई पक्राउ गर्नकै लागि डिएसपी ढुंगेललाई रुपन्देहीमा सरुवा गरिएको प्रहरीले बताएको छ । उनकै कमाण्डमा रहेको टिमसँगको मुठभेडमा पुन र आले मारिएका हुन् । प्रहरी स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले सोही मिसनका लागि डिएसपी ढुंगेललाई रुपन्देहीमा सरुवा गरेको थियो।

डिएसपी ढुंगेल तिनै प्रहरी अधिकारी हुन, जसले तीन बर्ष अघि डन दिनेश अधिकारी चरीको इन्काउन्टरमा आबद्ध रहेका थिए । उनी त्यति बेला महानगरीय अपराध महाशाखामा इन्सपेक्टरका रुपमा कार्यरत थिए । ढुंगेल त्यति बेलादेखि नै चर्चामा रहेका थिए । रामेछापमा रहदा डिएसपी ढुंगेलले गुण्डागर्दी पूर्ण रुपमा नियन्त्रण गर्नुका साथै हत्या अभियोगमा फरार हरेका दोषीलाई पक्राउ गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्