रामेछापको ८ वटै स्थानीय तहमा जलविद्युतको सम्भावना



९ फागुन, काठमाडौं ।

राष्ट्रिय योजना आयोगले ७५३ स्थानीयत तहमा उर्जा उत्पादनको सम्भाव्यता अध्ययन गरेको छ। दिगो विकास लक्ष्यअनुसार स्वच्छ उर्जामा सबैको पहुँच पुर्याउन राष्ट्रिय ग्रिडबाटमात्र सम्भवन नहुने भन्दै आयोगले प्रत्येक स्थानीय तह आफैले उर्जा उत्पादन गर्नसक्ने भन्दै सम्भाव्यता अध्ययन गरेको हो।

स्थानीय तहलाई विजुली उत्पादन,वितरणको जिम्मा संवैधानिकरुपमै दिइएको छ। अध्ययनका संयोजक अरविन्द्र मिश्रलेले जलविद्युत, सौर्य, वायोमास र वायु उर्जाको सम्भाव्यता देखाइएको बताए । पाँच वर्षभित्र प्रत्येक स्थानीय तहमा उत्पादन तथा वितरण गर्न सकिने उक्त कामको लागि करिब दुई खर्ब लागत औल्याइएको छ।
उर्जा उत्पादनको लागि १ खर्ब ४८ अर्ब र वितरणको लागि प्रसारण लाइनमा ५३ अर्ब लाग्ने विद्युत प्राधिकरणको इन्जिनियरिङ कम्पनीसँगको सहकार्यमा आयोगले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

अध्ययन अनुसार रामेछापको ८ वटै स्थान तहबाट जलविद्युत उत्पादन गर्न सकिने उल्लेख गरिएको छ । एक अध्ययनका अनुसार रामेछापमा नदी र खोलाबाट करिब १८ सय मेगावाट भन्दा बढी जलविद्युत उत्पादन हुन सक्ने सम्भावना रहेको छ । रामेछापको गोकुलगंगा गाउँपालिकामा भने सोलार उर्जा उत्पादन हुने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्