यी हुन केन्द्र सरकारमा रहने १८ मन्त्रालय (सूचीसहित)



१० फागुन, काठमाडौं ।
संघीय सरकारमा प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने भएका छन् । हाल ३० मन्त्रालयबाट घटाएर प्रधानमन्त्री केपी ओलीले १८ वटा मन्त्रालय बनाउन लागेका हुन् । संविधानमा नै केन्द्र सरकार बढीमा २५ सदस्यीय हुने भन्ने उल्लेख गरेकाले सरकारले मन्त्रालयको संख्या घटाउन लागेको हो ।

सरकारले १८ मन्त्रालय १८ जना मन्त्री र सात जना राज्यमन्त्री गरी २५ जना मन्त्री बनाउने गृहकार्य थालेको छ । संघीय प्रशासनिक पुनःसंरचना समितिले १८ मन्त्रालय बनाउन सिफारिस गरेको थियो

भने काशिराज दाहाल नेतृत्वको समितिले १५ मन्त्रालय राख्न सिफारिस गरेको थियो । तर सरकारले तीन वटा मन्त्रालय थप निष्कर्षमा प्रधानमन्त्री ओली पुगेका छन् ।

संघीय प्रशासनिक पुनःसंरचना समितिले सिफारिस गरेका १८ मन्त्रालयको सूची
१.प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
२.गृह
३.परराष्ट्र
४.अर्थ तथा योजना
५.रक्षा
६.भौतिक पूर्वाधार, यातायात तथा नागरिक उड्डयन
७.संघीय मामिला तथा सामान्य प्रशासन
८.सूचना तथा सञ्चार
९.कानुन, न्याय तथा संसदीय मामिला
१०.उद्योग, वाणिज्य तथा आपूर्ति
११.पर्ययन तथा संस्कृति
१२.कृषि, सहकारी तथा भूमि व्यवस्थापन
१३.जलस्रोत तथा ऊर्जा
१४.शिक्षा तथा खेलकुद
१५.महिला, समावेशीकरण तथा सामाजिक न्याय
१६.स्वास्थ्य
१७.मानव संशाधन, युवा, श्रम तथा रोजगार
१८.वन तथा वातावरण

 

प्रतिक्रिया दिनुहोस्