नेपालीलाई खुसी बनाउने कुलमान घिसिङले ल्याए नयाँ योजना



११ फागुन, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिंगो नेपाली खुसी हुने योजना अगाडि सारेका छन् । उनले सुख्खायाममा हुने विद्युत् अभाव टार्न ‘इनर्जी बैंकिङ’को अवधारणा ल्याएका हुन् । वर्षायाममा उत्पादित बिजुली भारत निर्यात् गर्ने र सुख्खामा उताबाट लिने अवधारणा घिसिङले अगाडि सारेका छन् ।


आगामी ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले भारतसँग यस्तो प्रस्ताव लैजाँदैछ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएसँगै नेपाललाई बढी हुने बिजुली भारत पठाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ योजना बनाएका छन् ।
अधिकांश जलविद्युत् आयोजना ‘रन अफ दी रिभर’ प्रणालीमा छन् । वर्षायाममा पूर्ण क्षमतामा उत्पादन हुन्छ, हिउँदमा पानीको बहाव घट्छ र एकतिहाइ मात्र उत्पादन हुन्छ । सुख्खायाममा विद्युत् अभाव हुनुको कारण पनि त्यही हो, घिसिङले भने ।

भातरमा अहिले पनि जलविद्युतमा पूर्ण निर्भर छैन् । विद्युत् माग व्यवस्थापन गर्न जटिलता बेहोर्दै आएको भारतले ऊर्जा बैंकिङलाई भने खासै महत्व नदिएको बताइएको छ ।

भारतले इनर्जी बैंकिङलाई महत्व दिएको छैन । इनर्जी बैकिङमा जाँदा नेपालको जलविद्युत्मा विदेशी लगानी बढ्ने भारतीय पक्षको ठम्याइ देखिन्छ ।
केही मुलुकमा यो सफल मोडेल हो । जस्तो– नर्वे जलविद्युत्मा पूर्ण निर्भर मुलुक हो । उसका छिमेकी देशहरु डेनमार्क, स्विडेन र फिनल्यान्ड थर्मल प्लान्टमा निर्भर छन् ।

प्रतिक्रिया दिनुहोस्