रामेछापबाट प्रदेश नम्बर ३ को अर्थमन्त्रीमा कैलाश ढुंगेल !



१२ फागुन, रामेछाप ।
रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का प्रदेश सांसद कैलाश ढुंगेल प्रदेश नम्बर ३ को अर्थमन्त्री बन्ने भएका छन् । नेकपा एमालेका नेता समेत रहेका ढुंगेल प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको दाबेदारको रुपमा रहे पनि प्रदेशको अर्थमन्त्री बन्ने भएका हुन् ।
ढुंगेललाई अर्थमन्त्री बनाउने विषयमा एमालेका अध्यक्ष केपी ओली,प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल समेत सकारात्मक भएको एमालेका एक नेताले रामेछाप न्युजलाई बताए । एमालेको प्रदेश कमिटीको अनौपचारिक बैठकले पनि सांसद ढुंगेललाई अर्थमन्त्री बनाउनु पर्ने पक्षमा देखिएको बताइएको छ । प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्ने दौडमा रहेका ढुंगेललाई अर्थमन्त्री मन्त्री बनाउने आन्तरिक सहमति मुख्यमन्त्री चयन अघि नै भएको ती नेताले बताए ।


सांसद ढुंगेललाई अर्थमन्त्री बनाउने विषय टुंगो लागिसकेको बताउदै एमालेका ती नेताले रामेछाप न्युजसँग भने,‘प्रदेश नम्बर ३ को अर्थमन्त्री बन्ने विषयमा टुंगो लागिसकेको छ, यदी कुनै चलखेल भएन भने केही दिनमा नै ढुंगेल रामेछापबाट प्रदेशको अर्थमन्त्री बन्नुहुन्छ ।’

प्रदेश नम्बर ३ को संसदको बैठक भोलीको लागि बोलाइएको छ । सांसद ढुंगलले आफू मन्त्री बताए खुलासा गरे । तर कुन मन्त्री बन्ने बारेमा खुलाउन चाहेनन । उनले रामेछाप न्युजसँग भने,‘केही दिनमा नै प्रदेशको मन्त्रिमण्डलले पूर्णता पाउछ ।’

 

प्रतिक्रिया दिनुहोस्