रामेछापमा कान्छारामले ६ वटा एम्बुलेन्स वितरण गर्ने



१३ फागुन, रामेछाप ।
प्रतिनिधिसभा निर्वाचनको क्रममा गरेको प्रतिबद्धता अनुसार नेपाली कांग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ (कान्छाराम)ले रामेछाप जिल्लामा ६ वटा एम्बुलेन्स वितरण गर्ने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका कान्छारामले जनताको बीचमा गरेको प्रतिबद्धता अनुसार ६ वटा एम्बुलेन्स वितरण गर्ने भएका हुन् ।
निर्वाचनको क्रममा उनले रामेछापको दोरम्बा, सुनापति, उमाकुण्ड, खाँडादेवी गाउँपालिका, मन्थली नगरापलिका लगायत विभिन्न स्थानमा एम्बुेन्स दिने घोषणा गरेका थिए । नेता कान्छारामले छ वटा एम्बुलेन्स भन्सारबाट काठमाडौं आइसकेको बताउदै आगामी चैत्र ३ गते रामेछापको सदरमुकाम मन्थलीबाट वितरण गर्ने बताए ।

उनले रामेछाप न्युजसँग भने,‘निर्वाचनको क्रममा मैले जनताको बीचमा एम्बुलेन्स दिने बाचा गरेको थिए, निर्वाचनमा पराजित भएपनि म रामेछापका जनताको सेवाको लाग्छु ।’ एम्बुलेन्स वितरण भएपछि गाउँबाट अस्पतालसम्म बिरामीलाई लैजान सहज हुने उनले बताए ।
यी हुन छ वटा एम्बुलेन्स वितरण हुने स्थान
निर्वाचनको गरेको घोषणा अनुसार नै कान्छारामले एम्बुलेन्स वितरण गर्न लागेका छन् । उनले उमाकुण्ड गाउँपालिकाको प्रिति भुजी र गुप्तेश्वरलाई सेवा दिने गरी एउटा एम्बुलेन्स दिने भएका छन् । त्यसैगरी सुनापति गाउँपालिकाको बेथानलाई एउटा, दोरम्बा गाउँपालिकाको डडुवा र दोरम्बा दुई वटा, मन्थली नगरपालिकाको गेलुमा एउटा र खाँडादेवी गाउँपालिकालाई एउटा गरी छ वटा एम्बुलेन्स वितरण गर्ने भएका छन् । एम्बुलेन्स वितरण भएपनि बिरामी पर्दा अस्पतालसम्म बिरामी लैजान स्थानीयलाई सहज हुनेछ ।

एम्बुलेन्स वितरण गर्न सभापति देउवा जाने
कान्छाराले खरिद गरेको एम्बुलेन्स वितरण गर्नको लागि पार्टी सभापति शेरबहादुर देउवा मन्थली आउने भएका छन् । नेता कान्छारामको अनुसार पार्टी सभापति देउवाबाट नै एम्बुलेन्स वितरण गर्ने कार्यक्रम तय भएको बताए । उनका अनुसार पार्टीका वरिष्ठ नेता राचन्द्र पौडेल, महामन्त्री सशाकं कोइराला, नेता विमलेन्द निधि, नेता गगन थापा लगायतका नेताहरु एम्बुलेन्स वितरण गर्ने कार्यक्रममा सहभागी हुने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्