प्रदेश नम्बर ३ को राजधानी हेटौडाबाट सर्ने



३ फागुन, चितवन ।
प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको खुलासा गरेका छन् । अस्थायी राजधानी अपायक परेको भन्दै राजधानी सार्ने तयारी भइरहेको खुलासा गरेका हुन् ।

सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको उनले बताएका छन् । तर स्थानको बारेमा भने उनले सार्वजनिक गरेनन् । स्थापितले भने,‘अहिले नै सार्वजनिक ग¥यो भने समस्या हुन्छ, प्रदेशको केन्द्र पर्नेगरी राजधानी सार्ने तयारी गरिएको ठाउँमा सात लाख रोपनी जग्गा एकै ठाउँमा रहेको र तीन लाख रोपनी वन रहेको छ ।’

तीसवटा महत्वपूर्ण पूर्वाधार बनाउने बताउँदै उउनले प्रदेशको जुन ठाउँबाट पनि चार घण्टाभित्र राजधानी पुगिने बताए । जग्गा व्यवसायीले जग्गा किनेर अस्तव्यस्त पार्ने भएकाले तत्काल सो ठाउँ सार्वजनिक गर्न नमिल्ने भन्दै स्थापितले आउँदो चार महिनाभित्र राजधानी सर्ने दावी गरे ।
निर्णय भएपछि तत्काल सार्छौँ । पूर्वाधार मन्त्री म आफँै भएकाले मैले तयारी गरिरहेको छु, उनले भने । मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सांसद भवन कहाँ राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको बताउदै राजधानी सरेसँगै प्रदेशको नामाकरण गरिने पनि पनि उनले खुलासा गरे ।

 

प्रतिक्रिया दिनुहोस्