मन्त्रीपरिष्द विस्तारः वादल गृह मन्त्री, खतिवडा भए अर्थमन्त्री



१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रीपरष्द विस्तार भएसँगै माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् । पूर्वरक्षामन्त्री समेत रहेका बादल माओवादीका वरिष्ठ नेता हुन् र सरकारमा पार्टीको नेतृत्व गरेका छन ।


त्यसैगरी राष्ट्रियसभा सदस्य युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्य समेत मनोनित गरिएको छ । तर, सर्वोच्चले अन्तरिम आदेशमार्फत सपथ रोकेको छ । एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षा मन्त्री भएका छन् । त्यसैगरी माअ‍ोवादी केन्द्रबाट मातृका यादव उद्योग वाणिज्य मन्त्री भएका छन् ।

 

नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको सपथकै दिन मन्त्री नियुक्त भएका थिए । नवनियुक्त मन्त्रीहरुले सोमवार नै कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्