प्रदेश ३ को राजधानी सारेरैडै छोडछौः मन्त्री स्थापित



१५ फागुन, रामेछाप ।
प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौडा राख्ने कि नराख्ने भन्ने विवाद चलेको बेला प्रदेश ३ का का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले एक देखि डेढ महिनाभित्र हेटौडाबाट प्रदेश राजधानी सारेरै छाड्ने बताएका छन् । उनले हेटौडा कुनै पनि हालतमा पायक नभएको हुनाले राजधानी सारिने बताएका हुन् ।

रामेछापको सदरमुकाम मन्थलीमा नेपाल माझी उत्थान संघले मंगलवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री स्थापितले प्रदेशको सबै जिल्लालाई पायक नपर्ने राजधानी सार्नुको विकल्प नभएको बताए ।

प्रदेश ३ को राजधानी काठमाडौं आसापास हुन्छ । एकदेखि डेढ महिनाभित्र राजधानी सरिसक्छ, उनले भने । कार्यक्रममा प्रदेश सांसद शान्तिप्रसाद पौडेलले माझी भाषा र संस्कृतिको संरक्षणको लागि प्रदेशको कानुनमा नै समावेश गर्न आपूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने,‘माझी समुदायको हक अधिकारको साथै संस्कृतिको संरक्षण गर्नको लागि सक्दो भूमिका खेल्छु ।’ उक्त कार्यक्रममा रामेछापबाट पहिलो पटक माझी समुदायबाट सांसद बनेकी रिता माझीले माझी समुदायले आप्mनो संस्कार र संस्कृतिको संरक्षणकै लागि संघर्ष गरि रहनुपरेको बताइन । उनले नीति निर्माण तहमा रहेर सक्दो भूमिका खेल्ने बताइन ।

 

प्रतिक्रिया दिनुहोस्