माथिल्लो तामाकोसी हाइड्रो पावरमा सेयर हाल्न तयार हुनुहोस्



१५ फागुन, काठमाडौं ।
अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले आगामी चैत दोस्रो साताबाट सर्वसाधारण तथा स्थानीयका लागि सेयर जारी गर्ने भएको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा लगानी गर्न स्थानीय र सर्वसाधारणलाई छुट्ट्याइएको क्रमशः १० र १५ प्रतिशत सेयर जारी हुनेछ ।

नेपाल धितोपत्र बोर्डमा विवरण पेस भएकाले फागुनभित्र स्वीकृत आउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार चैतभित्र निष्कासन गरी अन्तिम साताबाट बाँडफाँड गर्ने योजना छ । सेयर खरिद गर्न अन्य बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीले डि–म्याट खाता अनिवार्य गरेका छन् । तर, तामाकोसीको हकमा भने त्यो लागू हुने छैन । अर्थात्, डि–म्याट खाता नहुने स्थानीयले पनि कम्पनीको सेयर किन्न पाउँछन् ।

आयोजना प्रभावित स्थानीयले जारी पुँजीको १० प्रतिशत ९१ अर्ब ५ करोड ९० लाख रुपैयाँ १ करोड ५ लाख ९० हजार कित्ता र १५ प्रतिशत ९१ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ० १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर पाउनेछन् । स्थानीयलाई अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी ३ श्रेणीमा विभाजन गरेर सेयर वितरण गरिनेछ ।

गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित र कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको छ । स्थानीयले ३० देखि ३ सय कित्तासम्म सेयर भर्न सक्नेछन् । कूल परेको आवेदनको आधारमा ३ प्रतिशत अतिप्रभावित, १४ प्रतिशत प्रभावित र १ प्रतिशत सेयर कम प्रभावितले पाउनेछन् ।

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका छुट्ट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरेको छ ।

प्रतिक्रिया दिनुहोस्