रामेछापबाट कैलाश ढुंगेल प्रदेश ३ को अर्थमन्त्री, आज ५ बजे सपथ



१६ फागुन, काठमाडौं ।
प्रदेश ३ को अर्थमन्त्रीमा रामेछापबाट निर्वाचत प्रदेशसभा सांसद कैलाश ढुंगेल आज सपथ लिने भएका छन् । आज हुने मन्त्रीपरिषद् विस्तारमा ढुंगेलले आर्थिक मामिला तथा योजना मन्त्रीको सपथ लिन लागेका हुन् ।

रामेछाप जिल्लाबाट पहिलो पटक प्रदेशको ३ को अर्थमन्त्री बन्नेका हुन् । प्रदेशसभा निर्वाचनमा ढुंगेलले दोब्बर भन्दा बढी मत ल्याएर विजयी भएका थिए । एमाले रामेछापका पूर्व पार्टी अध्यक्ष समेत भएका ढुंगेल सांसद ढुंगेले अर्थमन्त्री बनेपछि रामेछापवासीले जिल्लाको विकास निर्माणले गति लिने अपेक्षा गरेका छन् ।
एमालेका तर्फबाट रामेछापका प्रदेशसभा सदस्य कैलाश ढुंगेलले आर्थिक मामिला तथा योजना, सिन्धुपाल्चोकका अरुण नेपालले उद्योग, पर्यटन, वन तथा वातावरणको जिम्मेवारी लिनेछन् । यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी चितवनका सांसद दावादोर्जे लामाले सम्हाल्नेछन् । एमालेको भागमा सामाजिक विकास मन्त्रालय परे लामाले नै उक्त मन्त्रालय सम्हाल्नेछन् ।
माओवादी भने सामाजिक विकास मन्त्रालय आफ्नो भागमा परे कुमारी मोक्तान या युवराज दुलालमध्ये एक जनालाई पठाउने तयारीमा छ । माओवादी संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले यसबारे आज निर्णय हुने बताए ।

योसँगै तत्कालका लागि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । यसअघि मुख्यमन्त्री पौडेलले एमालेका केशव स्थापितलाई भौतिक पूर्वाधार विकास र माओवादी केन्द्रका शालिकराम जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ खुवाइसकेका छन् । सरकारले पूर्णता नपाउँदा प्रदेशसभा कामविहीन हुँदै आएको छ ।

मुख्यमन्त्री पौडेलले अबको २र३ महिना कानुन निर्माणलाई प्राथमिकता दिने बताउँदै आएका छन् । प्रदेश प्रमुखको कार्यालयले पनि बुधबार अपराहन ५ बजेलाई शपथग्रहणको कार्यक्रम मिलाएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्