रामेछापलाई समृद्ध बनाउने अर्थमन्त्री ढुंगेलको सात योजना



१७ फागुन, काठमाडौं ।

प्रदेश ३ का नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लालाई नमूना जिल्लाको रुपमा विकास गर्ने बताएका छन् । रामेछाप प्रदेशसभाबाट निर्वाचित सांसद समेत रहेका ढंगेलले प्रदेश ३ को समग्र विकास निर्माणसँगै रामेछाप जिल्लालाई उच्च प्राथमिकताको साथ काम गर्ने बताएका हुन् ।

अर्थमन्त्री ढुंगेलले रामेछाप न्युजसँग भने,‘प्रदेश नम्बर ३ को विकास नै मेरो प्राथमिकता हो, गृह जिल्ला रामेछापलाई समृद्धि र विकसित बनाउनको लागि योजनाबद्ध रुपमा काम गर्छु ।’

रामेछापलाई समृद्ध बनाउने अर्थमन्त्री ढंगेलको सात योजना

१.विकास निर्माणमा रामेछाप जिल्ला अझै अगाडि बढन सकेको छैन् । त्यसैले भौतिक पूर्वाधार निर्माणको कामलाई तिब्रता दिन्छु ।

२.कृषि क्षेत्रमा राम्रो सम्भावना बोकेको जिल्ला हो । जिल्लामा कृषि योग्य क्षेत्रको पहिचान गरेर आधुनिक कृषि प्रणालीको सुरुवात गर्ने कार्यक्रम अगाडि बढाउने छु ।

३.जिल्लाको आधा भन्दा बढी क्षेत्रमा खानेपानीको समस्या छ । त्यसलाई समाधान गर्न थप परियोजना थपेर खानेपानीको समस्या समाधान गर्नेछु ।

४.जिल्लामा हाल सञ्चालन भइरहेको जलविद्युत आयोजना र सञ्चालनको क्रममा रहेका जलविद्युत आयोजनासँगै थप जलविद्युत आयोगलाई अगाडि बढाउन भूमिका खेल्छु ।

५.रामेछाप जिल्ला पर्यटकीय क्षेत्रले महत्वपूर्ण स्थानको विकास गर्न त्यहाँको भौतिक पूर्वाधार निर्माण गर्छु ।

६.हाल परम्परागत रुपमा सञ्चालन हुँदै आएको शिक्षालाई व्यवसायीक रुपमा रुपान्तरण गर्दै प्राविधिक शिक्षालयहरु सञ्चालन गर्न भूमिका निर्वाह गर्नेछु ।

७.जिल्लाको प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गर्नको लागि उद्योग स्थापना गरेर रोजगारीको अवस्था सृजना गर्नेछु

प्रतिक्रिया दिनुहोस्