महिलाहरु सीपले मात्र आत्मनिर्भर बन्न सक्छनःगजुरेल



१७ फागुन, रामेछाप ।
दोरम्बा गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष अम्बिकाप्रसाद गजुरेल ‘अनुप’ले राजनीतिक क्रान्ति सम्पन्न भएकाले अब आर्थिक क्रान्तिको युग सुरु भएको बताएका छन् । उनले आर्थिक समृद्धिको लागि सीप नै पहिलो आधार भएको बताए । वडा अध्यक्ष गजुरेलले सीपको विकासले मात्र महिलाहरु आत्मनिर्भर हुने बताउदै आर्थिक उन्नतीको लागि स्थानीय स्तरमा नै सीप सिकेर आर्थिक उपार्जन गर्न सकिने बताए ।


उनले भने,‘वडाभित्र शोषित पीडित महिलाका लागि आउने राहतको प्याकेजमा पहिलो प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्छ ।’ अब महिलाहरु परम्परागत रुपमा चुलौचौको भन्दा पनि सीप सिकेर आत्मनिर्भर हुने बेला आएकोमा जोड दिए ।
उद्यमीहरुको लागि व्यावसाय सचेतना तथा व्यवासय तालिमको समापन कार्यक्रममा वडा अध्यक्ष गजुरेलले वडाभित्र महिलाहरुको क्षमता विकासको लागि प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । घरेलु तथा साना उद्योग विकास समिति रामेछापको सहयोगमा सम्पन्न कार्यक्रममा वडाका २२ जना महिलाहरुले व्यवसाय सम्बन्धि पाँच दिने तालिम लिएका छन् ।


कार्यक्रममा गाउँपालिकाका सदस्य रुद्रबहादुर भुजेल, वडा सदस्यहरु भेजबहादुर मगर, सितामाया श्रेष्ठ, ,कालिका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन प्रसाद चौलागाई लगायतको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई जानुका कार्की र उर्मिला केसीले प्रशिक्षण दिएका थिए । वडामा २५ सय भन्दा बढी महिलाहरुको जनसंख्या रहेको छ । पुरुष भन्दा वडामा महिलाहरुको जनसंख्या बढी छ ।

प्रतिक्रिया दिनुहोस्