रामेछापको ८ स्थानीय तहमा कति छन विद्यालय र विद्यार्थी ?



१७ फागुन, रामेछाप ।
रामेछाप जिल्लामा ४ सय १९ वटा सामुदायिक विद्यालय रहेका छन् । स्थानीय तहले सामुदायिक विद्यालयको पठनपाठन सुधारको कामलाई अगाडि बढाएको छ । सरकारले करोडौ रुपैयाँ सामुदायिक विद्यालयमा लगानी गरेपनि प्रतिफल सोचेजस्तो आउन सकेको छैन् ।
जिल्ला शिक्षा कार्यालयको तथ्याकं अनुसार हाल रामेछापमा ४ सय १९ वटा सामुदायिक विद्यालय, ५१ हजार ७ सय ३८ जना विद्यार्थी रहेका छन् । जिल्लाको ८ वटा स्थानीय तहमा १ हजार ९ सय १० जना शिक्षकहरु कार्यरत छन् ।


समायोजन र दरवन्दी मिलानपछि निमावि र प्रावि गरी कुल ८ सय ५२ जना शिक्षकहरुको दरवन्दी वढी हुने अवस्था सिर्जना हुन सक्ने बताइएको छ । यसको बारेमा कार्यदल गठन गरेर काम भइरहेको जिल्ला शिक्षा कार्यालय रामेछापले बताएको छ । रामेछापका जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले भने,‘जिल्लामा विद्यालय समायोजन तथा दरवन्दी मिलानको काम आगामी चैत्र मसान्तभित्र टुंगो लाग्छ ।’
आगामी नयाँ शैक्षिक सत्रबाट पूर्णरुपमा कार्यान्वयन हुने गरी समायोजन र मिलानको काम संँगसँगै गर्नका लागि जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमको संयोजकमा तीन सदस्यी कार्यदल समेत गठन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्