खाँडादेवी गाउँपालिकाद्धारा महत्वपूर्ण ७ ऐन पारित



२१ फागुन, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिकाको दोस्रो गाउँ अधिवेशनले ७ वटा महत्वपूर्ण ऐन पास गरेको छ । गाउँपालिकाबाट प्रवाह गर्ने सेवा सुविधालाई सहज बनाउनको लागि गाउँपालिकाले ७ वटा ऐन पारित गरेको हो ।


गाउँ अधिवेशनले शिक्षा, स्वास्थ्य, कृषि, एफएम सञ्चालन तथा नविकरण, आर्थिक व्यवस्थापन, सहकारी ऐन पारित गरेको गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले रामेछाप न्युजलाई बताइन । बैठकले असार महिनायतादेखि गरेको कामको समिक्षा गर्नुका साथै खर्चको अनुमोदन समेत गरेको श्रेष्ठले जानकारी दिइन

प्रतिक्रिया दिनुहोस्