कुमोद ढुंगेल सरुवा भएपछि किन आएनन रामेछापमा नयाँ डिएसपी ?



२२ फागुन, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमोद ढुंगेल काजमा सरुवा भएको दुई साता वितिसक्दा समेत नयाँ प्रमुख जिल्लामा आइपुगेका छैनन् । ढुंगेल काजमा सरुवा भएपछि प्रहरी प्रधान कार्यालयले अमरेन्द्रबहादुर सिंहलाई रामेछापमा सरुवा गरेको थियो ।

तर दुई साता वित्न लाग्दा समेत नयाँ डिएसपी सिंह जिल्लामा हाजिर भएका छैनन् । रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामेछानले प्रहरी प्रमुख नहुँदा केही कठिनाइ रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘समस्या आइरहन्छ, प्रमुख नहुँदा समस्या त भइहाल्ने नै भयो ।’
नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले रामेछापमा सरुवा भएका प्रमुख किन नगएको भन्ने विषयमा बुझेर तत्काल जिल्लामा प्रहरी प्रमुख खटाउने बताए । उनले भने,‘मैले भर्खर थाहा पाए, म बुझेर तत्काल जिल्लामा प्रहरी प्रमुख पठाउने काम हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्