पिर्काले हिर्काएर उमाकुण्ड गाउँपालिकामा श्रीमानद्धारा श्रीमतीको हत्या



पिर्काले हिर्काएर उमाकुण्ड गाउँपालिकामा श्रीमानद्धारा श्रीमतीको हत्या

२३ फागुन, रामेछाप ।
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ प्रितीको रारागाउँमा  श्रीमानले रक्सी खाएर श्रीमतीको ज्यान लिएका छन् । श्रीमान ताराबहादुर सुनुवारले रक्सी सेवन  गरेर पिर्काले हिर्काउदा श्रीमती ४४ बर्षकी सूर्यकला सुनुवारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालेय रामेछापका निमित्त  प्रहरी प्रमुख राजेन्द्र थापाले रामेछाप न्युजलाई बताए ।

 

उनका अनुसार श्रीमतीको हत्या गर्ने सुनुवारलाई प्रहरीले पक्राउ गरिसकेको छ । मृतकको लाश पोष्ट र्मार्टमको लागि जिरी पठाइएको बताउदै थापाले हत्यामा संलग्नलाई मन्थली झिकाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्