रामेछापको लिखु–४ जलविद्युत आयोजनाको ठेक्का रद्द, बन्ला त अब आयोजना ?



२३ फागुन, काठमाडौं ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुंगाको लिखु गाउँपालिकाको सीमाना लिखु खोलमा निर्माण हुन लागेको लिखु–४ जनलविद्युत आयोजना निर्माणको ठेक्का सम्झौता रद्द भएको छ । निर्माणको चरणमा रहेको आयोजनाको पबद्र्धक ग्रिन भेन्चर्स प्राइभेट लिमिटेडले इटालियन कम्पनीसँगको सम्झौता एकतर्फी रुपमा रद्द गरेको हो ।

५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निर्माण गर्ने गरी कोपेरेटिभा मुराटोरी एण्ड सिमेष्टिटी सिएमसिडी रभेनासँग सम्झौता भएको साढे ३ महिनामा ठेक्का तोडिएको हो । ठेकेदार कम्पनीले कार्यतालिका अनुसार आयोजना निर्माणको काम अघि बढाउन नसकेपछि सम्झौता तोडिएको आयोजना प्रबन्धक बद्री रिजालले बताएका छन् ।

‘इटालियन कम्पनीको व्यवस्थापन पक्ष कमजोर देखियो,’ उनले भने,’ ठेकेदार कम्पनीले सम्झौतापछि लिएको अग्रिम भुक्तानी पनि सही ठाउँमा सदुपयोग गरेन ।’ अब नयाँ प्रक्रिया अनुसार ठेकेदार छनोट हुने उनले बताए । ठेकेदारले आयोजनाको सिभिलतर्फको सुरुङ र विद्युतगृह तथा हाइड्रो मेकानिकल वर्क्सको ठेक्का पाएको थियो । ९ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना अबको साढे २ वर्षमा पूरा गर्ने लक्ष्य थियो ।
लिखु गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहालले कुनै पनि बहानाबाजी र व्यक्तिहरुको स्वार्थमा आयोजना प्रभावित बन्न नहुने बताइन । ठेक्का सम्झौता रद्द भएसँगै अब जलविद्युत आयोजना निर्माण हुन्छ कि हँदैन भन्ने आशका जन्माएको छ ।

यस्तो छ ग्रिन भेन्चर्स प्रालिले जारी गरेको सूचना

प्रतिक्रिया दिनुहोस्