दोरम्बामा वद्युतीय सवस्टेसन,खिम्तीबाट ३३ केभीको लाइन जोडिने



नरायण श्रेष्ठ
२४ फागुन, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बामा नेपाल विद्युत प्राधिकरणले सवस्टेसन निर्माणको काम सुरु गरेको छ । सहज रुपमा सहज विद्युत उपलब्ध गराउने उदेश्यको साथ दोरम्बा गाउँपालिका र सुनापति गाउँपालिका क्षेत्रलाई सेवा दिने उदेश्यले प्राधिकरणले सवस्टेसन निर्माण कार्य सुरु गरेको हो ।


विद्युत प्राधिकरण केन्द्रीय योजना अन्तर्गत दोरम्बा गाउँपालिका–२ दोरम्बामा सवस्टेसनको निर्माण कार्य सुरु भएपछि स्थानीय खुसी भएका छन् । ६ करोड लगानीमा दोरम्बामा सवस्टेसन निर्माण हुन लागेको हो । भातरतीय निर्माण कम्पनी इन्फ्रा इन्जिनियरिङले सवस्टेसन निर्माणको जिम्मेवारी पाएको छ ।

मुख्य निर्माणकर्ता भारतीय कम्पनी भएपनि सव कन्टयाक्रको रुपमा त्रिपुरेश्वरी कन्डक्टर र जय दुर्गे इन्जिनियरिङ जेभीले लिएका छन् । सव स्टेसन निर्माणका प्रोजेक्ट मेनेजर प्रकाश राउतले सम्झौता अनुसार समयमा नै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।


दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले निर्माण कार्यलाई पारर्दर्शी र समयसीमाभित्र नै सम्पन्न गनुपर्ने बताए । उनले भने,‘निर्माण कार्यमा स्थानीय सरकार आवश्यक साथ र सहयोग गर्न तयार छ, तर निर्माण कार्यमा ढिलासुस्ती स्वीकार्य छैन ।


दोरम्बामा सवस्टेसन निर्माण सम्पन्न भएपछि खिम्ती सवस्टेनबाट ३३ केभी विद्युत प्रसारण लाइन दोरम्बा ल्याइनेछ । त्यसपछि दोरम्बा सवस्टेसनबाट ११ केभी लाइन वितरण गरिने भएको छ । दोरम्बामा सवस्टेसन बनेपछि आसपासका क्षेत्रमा बत्ती जाने समस्या समाधान हुनेछ । ६ महिनाभित्र सवस्टेसन निर्माणको काम सम्पन्न गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ ।


गाउँपालिकाका अध्यक्ष मोक्तान, गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष खड्गबहादुर श्रेष्ठ, वडा सदस्य रञ्जित मोक्तान सहितको टोलीको उपस्थितमा निर्माण कार्य प्रारम्भ भएको हो ।

प्रतिक्रिया दिनुहोस्