अबको पाँच बर्ष सफलता र परिवर्तनको समय होः प्रधानमन्त्री ओली



२४ फागुन, काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच बर्ष नेपालको विकासका लागि असाधरण समय हुने बताएका छन् । उनले आउने आधा दशक नेपालका लागि असाधारण हुने बताउदै अबको समय सफलता,परिवर्तन र उपलब्धीको समय हुने बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको विहिवार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रको संरक्षणमा प्रतिवद्ध भएको विश्वास दिलाए ।सरकार सावर्जनिक,निजी र सहकारी मार्फत समृद्धिको यात्रामा अघि बढ्ने बताउदै सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रधानमन्त्रीले बताए ।


वर्तमान सरकार देश र जनताप्रति उतरदायी भएको बताउदै प्रधानमन्त्री ओलीले भने,‘सरकार भ्रष्टाचारका विरुद्ध आक्रमक रुपमा लाग्छ, सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि,आकर्षक रोजगारी र आकर्षक अवसरका लागि केन्द्रित हुनेछन् ।’ जनताको काम छिटो छरितो ढंगले गर्नका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिन्छ, उनले भने ।
प्रधानमन्त्री ओलीले नेपालको आयात र निर्यात व्यापारको खाडल डरलाग्दो भएकोले त्यसलाई पुर्न निर्यातजन्य उत्पादन बढाउन आग्रह गर्दै उनले भने,‘हामी १०० रुपैंयाको सामान किन्दा ७ रुपैंयाको सामान बेच्दा रहेछौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हरेक पटक हामी ९३ रुपैंया घाटाको व्यापार गरिरहेका छौं । यसलाई उकास्ने एकमात्र माध्यम निर्यात व्यापार बढाउनु हो ।’
पर्यटन व्यावसाय नेपालको अर्थतन्त्र उकास्ने एउटा महत्वपूर्ण स्रोत हुन सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । तर यसका लागि पर्यटन मैत्री सडक र होटल हुनुपर्ने प्रधानमन्त्रीको धारणा छ । ‘संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि तयार गरेको सहस्राव्दी लक्ष्य प्राप्त गर्न नेपालले द्रुत गतिमा विकास गर्नुपर्ने,गरिबी हटाउन स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्नु पर्ने प्रधानमन्त्री ओलीके भनाइ छ । ‘यो लक्ष्य प्राप्त गर्न नेपाल प्रतिवद्ध छ । यसमा निजी क्षेत्रको सहयोगको पनि उतिकै जरुरी छ’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्