भुकम्पपछिको पुननिर्माणः रामेछापमा ११ हजार घर ठडिए



२६ फागुन, रामेछाप ।
विनाशकारी भुकम्पको कारण भत्किएका ४३ हजार घर मध्ये रामेछापमा ११ हजार घरको पुननिर्माण सम्पन्न भएको छ । भुकम्प पीडितहरुले अनुदानर रकम लिएर जिल्लामा हालसम्मा ११ हजार ५ सय भन्दा निजी घर निर्माण सम्पन्न गरेका हुन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्यले जिल्लामा अहिले सम्म ३५ हजार १ सय घर दोस्रो किस्ताका लागि योग्य भएकोमा हालसम्म २५ हजार ३ सय घरले दोस्रो किस्ताको रकम लिइसकेको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘ ६ हजार १ सय घर तेस्रो किस्ताका लागि निवेदन परेकोमा ४ हजार ५ सय ५० घरले तेस्रो किस्ता लिइसकेका छन् ।’ उनका अनुसार २७ जनाले २ लाख रुपैया लिएर सुरक्षित स्थानमा जग्गा खरिद गरी घर निर्माण प्रक्रिया सुरु गरिसकेका छन् । ११ हजार ८ सय ४८ गुनासोका बारेमा केन्द्रले छानविन गरिरहेको बताउदै उनले छिट्टै फस्यौट हुने जानकारी दिए ।

रामेछापमा ४५ हजार ५० घर क्षेति भएकोमा ४३ हजार लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता लिएका छन् । आचार्यले पुननिर्माणको कामले गति लिएको बताउदै केही बन्न बाँकी घर पनि चैत्र मसान्तसम्म अनिवार्य रुपमा डिपिसी भइसक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्