दोरम्बा गाउँपालिकाद्धारा ६ वटा महत्वपूर्ण ऐन पारित



२९ फागुन, रामेछाप ।
दोरम्बा गाउँपालिकाको गाउँ सभाले ६ वटा महत्वपूर्ण ऐन पारित गरेको छ । गाउँपालिकाको तेस्रो गाउँसभाले ६ वटा ऐन पारित गरेको हो ।

गाउँ सभाले कृषि व्यवसाय प्रबद्र्धन ऐन, आर्थिक कार्यविधि ऐन, शिक्षा नियमावली, न्यायिक समिति (कार्यविधि) स्वास्थ्य तथा सरसफाई ऐन र बजार अनुगमन निर्देशिका पारित गरेको गाउँपालिकाका प्रवक्ता एवं दोरम्बा गाउँपालिका–६ का वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेल ‘अनुप’ले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्