दोरम्बा गाउँपालिकालाई समृद्धि बनाउने अठोट (फोटोफिचर)



२९ फागुन, रामेछाप ।
दोरम्बा गाउँपालिकाको गाउँसभाको बैठकले गाउँपालिकालाई समृद्ध बनाउन अभियान सुरु गर्ने निर्णय गरेको छ । सडक, शिक्षा, खानेपानी, पर्यटन, कृषि, उद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्राथमिकताको साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

दोरम्बा गाउँपालिकाको तेस्रो गाउँसभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । गाउँसभामा नेकपा माओवादी केन्द्रका दोरम्बा गाउँपालिकाका इन्चार्ज सुनिता गौतम, एमालेका नेता तुलाप्रसाद कडेलले गाउँपालिकालाई समृद्ध बनाउन आफूहरुले भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाको समृद्धिको लागि प्राथमिकता निर्धारण गरेर काम अगाडि बढाएको बताए । उनले आवश्यकता पहिचान गरेर नै आफूहरुले काम गरेको बताए । अध्यक्ष मोक्तानले भने,‘जनताले परिवर्तनको महशुस गर्ने गरी गाउँपालिकाभित्र विकास निर्माणको काम अगाडि बढेको छ, प्राथमिकता निर्धारण गरेर मात्र बजेट विनियोजन गरिएको छ ।’
यस्तो देखियो गाउँपालिकाको तेस्रो गाउँसभा (फोटोफिचर)

   

प्रतिक्रिया दिनुहोस्