सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिष्कार गरेपछि न्यायलयमा तरंग



२९ फागुन, काठमाडौं ।
सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास बहिष्कार गरेपछि मुलुकमा नयाँ तरंग पैदा भएको छ । सोमवार कान्तिपुर मिडिया ग्रुप र डा गोविन्द केसीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दाको सुनुवाइ हुँदाहुदै प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात जना न्यायाधीको बृहत् पूर्ण इजलासलाई न्यायाधीश जबराले बहिष्कार गरेपछि नयाँ तरंग पैदा भएको हो ।

सुनुवाइ भइरहेकै अवस्थामा न्यायाधीश जबराले प्रधानन्यायाधीश पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्ष पूरा भएको र प्रधानन्यायाधीशका रुपमा पराजुलीको कार्यकाल सकिएको भनेर वक्तव्य जारी गर्दै इजालसबाट बाहिरिएपछि न्यायलयमाथि विभिन्न खालका प्रश्न उठेका छन् ।
पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले न्यायालयको इतिहासमा सोमबार सर्वोच्च अदालतमा भएको घटना कहि पनि नभएको बताए ।
सो विषयलाई लिएर बार एसोसिएनका पदाधिकारीको मतसमेत विभाजित भएको देखिएको छ । बारका अध्यक्ष शेरबहादुर केसी र महासचिव खम्बबहादुर खातीले प्रेस विज्ञप्ति जारी गरी न्यायाधीश जबराले इजलासमा दिएको अभिव्यक्तिले न्यायलयको आस्था र निष्ठामा गम्भीर आघात पु¥याएको भन्ने उल्लेख छ ।
सर्वोच्च अदालतमा सोमबार इजलासमा भएको घटनालाई लिएर केही इजलास बस्नसमेत सकेनन् । नेपालको संविधानले स्वतन्त्र र निष्पक्ष न्यायालयको परिकल्पना गरेको छ ।
सर्वोच्च अदालतको सोमबारको बृहत् पूर्ण इजलासमा न्यायाधीश चोलेन्द्र शमशेर जबराबाट इजलास बहिष्कार गर्नु न्यायमूर्तिको आचारसंहिताविपरीत र अदालतमाथि प्रहार भएको ठहर विभिन्न कानून व्यवसायी संगठनले गरेका छन् ।

नेपाल बार एसोसिएन, सर्वोच्च बार एसोसिएन, आधिकारिक टे«ड युनियन सर्वोच्च अदालत, नेपाल निजामती युनियन, नेपाल निजामती कर्मचारी संगठनले आज बेग्लाबेग्लै प्रेस विज्ञप्ति जारी गरी न्यायाधीश जबराको अभिव्यक्ति न्यायालयको आचारसंहिताविपरीत र अदालतमाथिको प्रहार भएको ठहर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्