वर्षको सर्वश्रेष्ठ सिइओ अवार्डबाट कुलमान घिसिङ सम्मानित



१ चैत्र, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘वर्षको सर्वश्रेष्ठ सिइओ’ अवार्डबाट सम्मानित भएका छन् । अनिल शाह, कामिनी राजभण्डारी, चन्द्र ढकाल र विश्वास ढकाललाई पछि पार्दै उनी सम्मानित भएका हुन् ।

जनताबाट प्राप्त एसएमएसका आधारमा उनलाई सर्वश्रेष्ठ सिइओ छनोट गरिएको हो । सिइओ क्लबले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर घिसिङलाई अवार्ड प्रदान गरेको छ । सर्वश्रेष्ठ सिइओसँगै उनले ‘बेष्ट सिइओ अफ पब्लिक सेक्टर’ र सर्वाधिक लोकप्रिय सिइओ अवार्ड पनि पाएका छन् । विद्युतको माग र आपूर्तिको कुशल व्यवस्थापनका लागि उनलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्